आलोचनापछि नेताका आफन्तको नाममा छुट्याइएको बजेट फिर्ता

कास्की । तीव्र आलोचनापछि गण्डकी प्रदेश सरकारले व्यक्तिको नाममा रहेको कोषका लागि विनियोजन गरिएको बजेट फिर्ता लिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्धन शर्मा स्मृति कोषलगायत विभिन्न व्यक्तिको नाममा रहेका ट्रस्ट, भवन निर्माण तथा पार्कलगायतका कार्यक्रम तथा बजेटका विषयमा तीव्र आलोचना भएपछि प्रदेश सरकार पछि हटेको हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले आइतबार अबेर प्रेस विज्ञप्ति जारी गर्दै विवादित कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्री ज्यूले सम्बन्धित मन्त्रालयलार्य निर्देशन दिइसक्नु भएको व्यहोरा जानकारी गराइन्छ ।’

 
 
  
 

You may also like