देश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवलमा मासु उत्पादन तथा प्रशोधन परियोजना संचालन हुने

by समतल अनलाइन

बुटवल । हेफर प्रोजेक्ट नेपालको सहजिकरणमा बुटवलमा मासु उत्पादन तथा प्रशोधन परियोजना सुरु हुने भएकाले छ । प्रदेश नं. ५ सरकार, बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल मासु उत्पादन तथा प्रशोधन सञ्चालन हुने भएको हो ।

यस अघि बुटवल रामनगरमा निर्माण भएको पशु बधशालाको स्थानमा मासु उत्पादन तथा प्रशोसधन परियोजना सुरु गर्न लागिएको हो । सो पशुबधशाला सञ्चालनमा नआउँदै काम नलाग्ने भएको छ । हेफरले बुटवलमा एक छलफल आयोजना गरी परियोजना सम्बन्धी जानाकारी गराएको हो । दशै पछि लगत्तै डिपीआर बन्ने हेफरले बताएको छ ।

फोर पी मोडलमा यो परियोजना सञ्चालन हुनेछ । तत्कालका लागि खसी बोका र कुखुरा बध मिल्ने गरी परियोजना बनाईने कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले बताए । परियोजना निर्माण पछि हेफरले सञ्चालनको जिम्मा लिनेछ ।

सामाजिक उद्यमी महिला सहकारी र मासु व्यवसायी संघ बाट आबद्ध भएका २० हजार ४ सय ७५ सदस्यहरुले मासु प्रशोधन तथा उत्पादन केन्द्र बाट प्रत्यक्ष लाभाम्बित हुने उनले बताए ।

परियोजनाका लागि प्रदेश नं। ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड र बुटवल उपमहानगरपालिकाको ३ करोड गरी कुल १० करोडमा परियोजना निर्माण हुने बताइएको छ ।

त्यस बाहेक सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध सदस्यहरु बाट ६ करोड २५ लाख र मासु व्यवसायी संघमा आबद्ध व्यवसायीहरुको ३ करोड ८० लाख रुपैया बजेट समावेश हुने हेफरका क्षेत्रिय कार्यक्रम निर्देशक अनन्त शिलवालले जानकारी दिए ।

 
 
  
 

You may also like