सैनामैनामा नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिता भोली

by समतल अनलाइन

कृष्ण भण्डारी
सैनामैना । रुपन्देहीको सैनामैनामा नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिता शुक्रबार हुने भएको छ । म्युजिक इन्टरटेमेन्ट प्रा.लिद्वारा संचालित ८९.३ किस एफ. एमको आयोजना तथा सैनामैना नगरपालिकाको सहयोगमा चौथो संविधान दिवसको अवसर परेर अन्तर विद्यालय स्तरिय सैनामैना हाजिरि जवाफ प्रतियोगिता २०७६’ हुने भएको हो ।

सैनामैना नगरपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको किस एफ. एमका अध्यक्ष गोपाल प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु पन्ध्र हजार (१५,०००) शिल्ड, मेडल र प्रमाण–पत्र, द्वितियले नगद रु दश हजार (१०,०००) शिल्ड, मेडल र प्रमाण–पत्र, तृतियले नगद रु छ हजार (६,०००) सहित शिल्ड, मेडल र प्रमाण–पत्र, र सान्त्वन हुनेले नगद रु तीन हजार (३,०००) र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सैनामैनाका सामुदायिक र निजी विद्यालयबाट १४ विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक अनिता चौधरीले जानकारी दिनुभयो । कार्यक्रम सैनामैना २ बाबरी पथमा रहेको बाबरी पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

 
 
  
 

You may also like