निरु थापा
बुटवल । प्रदेश सरकार लम्विनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय , स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, यु. एस. आई. डी र सुआहाराको आर्थिक संहयोगमा एक हप्ते वृह्त पोषण लक्षित कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्वर ८ स्थिीत मेरिगोल्ड होटलमा भएको प्रशिक्षण, प्रशिक्षक तालिममको समापन कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीले एक हप्ते प्रशिक्षण , प्रशिक्षक कार्यक्रमा पोषण बारे रुचि कम तर विषय अति महव्वपूर्ण भएको हुदाँ तालिममा सिकेका कुराहरुलाई व्यहारमा लागु गर्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई आग्रह गदै हरेक पालिकास्तरमा गरिने कार्यक्रममा पनि यस किसिमको तालिमले थप संहयोग पुग्ने बताउनु भयो । उहाँले कतिपय स्वास्थ्य स्वमसेवीकाहरुले खेल्नु पर्ने भुमिका अपूर्ण भएको हुदाँ अझै गहन रुपमा जिम्मेवारी बोध गर्न जोड गर्नु भयो । त्यस्तै आर्थिक रुपमा संहयोग गरेर महव्वपूर्ण भूमिका निर्वाह गर्ने सुआहारा परियोजनाका लुम्विनी प्रदेश संयोजक भरत शर्मा प्रति विशेष आभार व्यक्त गदै १६ वटा विभिन्न पालिकाहरुबाट सहभागि स्वास्थ्यकर्मी लाई धन्यवाद दिनुभएको थियो ।
समापन कार्यक्रम बोल्दै सहजकर्ता सुआहारा परियोजनाका लुम्विनी प्रदेश संयोजक भरत शर्माले सुआहारा परियोजनाले देशका विभिन्न जिल्लाहरुमा पोषण समबन्धी विभिन्न कामहरु गदै आइरहेको बताउदै अहिले लुम्विनी प्रदेशमा पनि पोषण सम्बन्धी काम गरेकोे बताउनु भयो । यस परियोजनाले कोभिड १९ को जोखिम अवस्थामा पनि प्रत्येक आमासमुह, समुदायस्तर,र घरधुरीमा गई महव्वपूर्ण काम गरेता पनि कोभिड १९ को माहमारीले गर्दा पोषण सम्बन्धी भने असर पुराएको बताउनु भयो । उहाँले सिमीत व्यवस्थापनका बाजुत पनि सहभागि हुनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी , प्रशिक्षण दिनुहुने सम्पूर्णलाई धन्यवाद दिनु भयो । कार्यक्रममा तालिममा सहभागि सैनामैना नगरपालिका स्वास्थ शाखा बाट आउनु भएका स्वास्थ्यकर्मी हेमराज पन्थले सात दिन सम्मको वृहत पोषण लक्ष्ति कार्यक्रमको प्रशिक्षण, प्रशिक्षक तालिम एकदमै महव्वपूर्ण रहेको बताउदै सिकेका कुराहरुलाई व्यवहार लागु गर्ने र पोषणको बारे अन्य सहकर्मी स्वास्थ्यकर्मीहरुलाई सिकाउदै पोषणको अवस्था सुधार्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समापन कार्यक्रममा रुपन्देही जिल्लाका १६ पालिकाबाट सहभागि सम्पूर्ण स्वास्थ्यकर्मीहरलाई र प्रशिक्षक पोषण अधिकृत दुर्गा राना, र सुआहारकै प्राविधिक रक्षा गिरी लाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा ।राष्ट्यि पोषण, नीति तथा रणनीति, राष्ट्यि पोषण कार्यक्रम, बहु क्षेत्रीय पोषण योजना, पोषिलो खाजा, पोषणको महव्व र आवश्यकता सम्बन्धी तालिम दिईएको थियो । वृहत पोषण लक्ष्ति कार्यक्रमको प्रशिक्षण, प्रशिक्षक तालिममा पोषण फोकल पर्सन टिकाराम अधिकारी, सुआहाराका पोषण अधिकृत दुर्गा राना, सुआहाराकै प्राविधिक रक्षा गिरी, युनिसेफका पोषण अधिकृत मिना थापा , लगायतले प्रशिक्षण दिनु भएको थिया े भने कार्यक्रमको सहजीकरण पोषण अधिकृत बिजेन्द्र बन्जाडे गर्नु भएको थियो । माघ २५ गते देखि सुरु भएको तालिम फागुन १ गते समापन भएको हो ।