रुपन्देही तिलोत्तामाका मेयर र उप-मेयर ओली समुहमा

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलाेत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले प्रचण्ड नेपाल समुह परित्याग गरेका छन । घिमिरे संगै उप प्रमुख जगेश्वरी देवी चाैधरी र अधिकांश कार्यपालिका सदस्य समेतले प्रचण्ड नेपाल समुह त्याग गरेर केपी शर्मा आेली समुहमा प्रवेश गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पाैडेलसंग आफुहरु प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा आेलीले अगाडि सारेको मुलुककाे समृद्धि काे अभियानमा सहभागी हुने निर्णय गरेको बताईएकाे छ । घिमिरे प्रचण्ड नेपाल समुहका नेता घनश्याम भुषालका अत्यन्त निकट मानिन्छन् । बुटवलकाे भेलालाई सम्वाेधन गर्न बुटवल आएका महासचिव पाैडेललाई बिदाई गर्न प्रमुख घिमिरे तथा उप प्रमुख चाैधरी भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।

घिमिरेकाे समुह परिवर्तन संगै रुपन्देहीको राजनितीमा नयाँ तरंग आएकाे छ । महासचिव पाैडेलले सामाजिक सन्जालमा आफुहरु हिजाे पनि संगै रहेकाे र आजपनि संगै रहेका पाेष्ट गर्दै फाेटाे सार्वजनिक गरेका छन्

 

 
 
  
 

You may also like