प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

by समतल अनलाइन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन् ।प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ चिडियाखोलाबाटबाट पाल्पाको तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्दै आउँदो फागनु १ गते त्यसको उद्घाटन गरिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली केबलकार शिलान्यासपछि बुटवलमा आयोजना हुने आमसभालाई सम्बोधन गर्दैछन् ।

केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका(३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । लुम्बिनी केबुलकार प्रालिका सञ्चालक विश्वकर्माले ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुने बताए ।

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गत उक्त क्षेत्रमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको २५ वर्षका लागि भोगाधिकार गर्न स्वीकृति दिएपछि केबुलकार निर्माणको बाटो खुलेको हो ।

 

 
 
  
 

You may also like