सिद्धबाबामा जटिल शल्यक्रिया

by समतल अनलाइन

बुटवल । सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ढाडमा नसा च्यापिएको जटिल प्रक्रितीको सफल शल्यक्रिया गरेको छ । अस्पतालमा कार्यरत वरिष्ठ न्युरो सर्जन डाक्टर पवन कुमार श्रेष्ठको टिमले शल्यक्रिया गरेको थियो ।

बुटवल ८ मा रहेको अस्पतालले बुटवल उपमहानगरपालिका वडा न ११ कालिकानगर स्थित ३२ वर्षकी धन कुमारी सारुको सफल शल्यक्रिया गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश न्यौपानेले जानकारी दिए ।

यस अघि सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि को आईसीयू र सिसियू कक्ष प्रतिनिधि सभा संघीय संसद नेपाल महिला तथा सामाजिक समितिका पूर्व सभापति माननीय निरूदेवी पालबाट समुद्घाटन सम्पन्न भएको छ ।

तीन वर्षदेखि विभिन्न सेवा प्रदान गर्दै आएको सिद्धबाबा हस्पिटलले स्थापना सङसङै जनताको मन जित्दै विभिन्न रोगीहरूलाई पुनर्जीवन दिएको छ।

हस्पिटलमा सामान्य देखि जटिल रोगको विभिन्न माध्यमबाट उपचार गर्नुका साथै भेन्टिलेटर, आईशियुमा डाइलासिस मेसिन सहित इमर्जेन्सी डार्यलाईसिस सेवाका साथमा जटिल किसिमका शल्यक्रिया समेत गर्दै आएको छ। बिरामीको मागलाई मध्यनजर राख्दै १४ बेडका आईशियु तथा सिसियु कक्षको उद्घाटन गरिएको अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा .दिपेश प्रधानले जानकारी दिए।

आईशियु तथा सिसियु कक्षको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निरूदेवी पालले सिद्धबाबा हस्पिटल प्रालिले जनतालाई दिएको सुविधाको प्रशंसा गरी ,दीन दुखी र गरिब जनताको सेवामा जुट्न आग्रह गर्दै हस्पिटललाई नेपालकै नमुना बनाउने कार्यमा जुट्नुको साथसाथै गरिबहरूको सारथीको रूपमा काम गर्न आग्रह गरे ।

 
 
  
 

You may also like