म्यानमारको सेनाले तत्काल सत्ता नछोडे कडा कदम चाल्ने अमेरिकाको चेतावनी

by समतल अनलाइन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका छन् ।

बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै अन्यथा अमेरिकाले उचित कदम चाल्ने चेतावनी दिएका हुन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयवित पार्ने भनि व्याख्या गरेका छन् । यसबारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दैछ । एजेन्सी

 
 
  
 

You may also like