बुटवल उप-महानगरपालिकाद्वारा विश्व कुष्ठरोगको अवसरमा अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । ‘कोरोना महामारीमा हाम्रो संमयता, समयमा नै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने मुल नाराका साथ बुटवल उपमहानगरपालिका स्वाथ्य महाशाखाको आयोजनामा ६८ औ विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम गरी मनाईएको छ ।नगर भित्र रहेका कुष्ठ प्रभावित व्याक्तिहरु, नगरभित्र रहेका स्वाथ्यचौकी, उप स्वाथ्य चौकी, नगर स्वाथ्य केन्द्र लगायत जनप्रतिनिधि र सरोकारवालाहरुको सभागीतामा दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले कुष्ठरोग निवारण अभियानमा बुटवल उपमहानरपालिकाले उल्लेखनिय भुमिका निर्वाह गर्ने बताईन ।उनले रोगको विषयमा सचेतना आवश्यक रहेको भन्दै यसको लागि उपनगरपालिकाले स्थानिय स्तरमा समेत सचेतनामुलक कार्यक्रम जारी राखेको बताईन ।

कार्यक्रममा बुटवल उपमहानरपालिका जनस्वाथ्य शाखा प्रमुख उमा थापाले नेपालमा कुष्ठरोगको अवस्था, बच्ने उपाय, लक्षण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चक्रपाणी शर्मा, शिक्षा तथा स्वाथ्य महाशाखा प्रमुख तथा सूचना अधिकारी मित्र मणि खनाल, नगरपालिका स्वाथ्य शाखा कल्पना पोखरेल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like