थप १०५ जनामा कोरोना पुष्टि, २४ घण्टामा २ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ७० हजार ९५९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६६ हजार ३३६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३०८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ७१ हजार ७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १०२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २ हजार ५९४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०२९ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like