जापानमा गर्मी बढ्यो, एक हप्तामा ११ को मृत्यु

टोकियो। जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको छ । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

गर्मीका कारण अस्पतालमा ५ हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये १ हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये १ हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ बर्षमाथिका वृद्धवृद्धा छन् ।

आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

 
 
  
 

You may also like