पुनः ६ हजार पदमा विज्ञापन खुलाउँदै लोकसेवा

काठमाडौं। स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ ।

गत जेठमा आयोगले खोलेको विज्ञापनबाट दशैँ अगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्ने गरी आयोगले काम गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पण्डितले जानकारी दिए ।

कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहको लिखित मागअनुसार आयोगले नौ हजार १६१ पदमा विज्ञापन गरेको थियो ।

कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधाअनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।

 
 
  
 

You may also like