स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

by समतल अनलाइन

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो छैठौ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ । कमर्सको सचिवालयमा आयोजित रक्तदान कार्यक्रमको नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टंक प्रसाद पोखरेलले शुभारम्भ गरेका हुन् ।

कमर्सका अध्यक्ष झविन्द्र प्रसाद कंडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष बाबुलाल पौडेलको स्वागत तथा द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक मानबहादुर बर्माले जानकारी दिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टंक प्रसाद पोखरेलले तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो स्थापनाकालदेखि नै व्यवसायीक हक हित संगै सामाजिक क्षेत्रमा देखाएको सेवाभाव प्रशंसनिय रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे कमर्सका सल्लाहकार नुमेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कमर्सका अध्यक्ष कंडेलले तिलोत्तमा चेम्बर अफ कमर्स जस्तो सुकै बाधा व्यवधानका विचमा पनि व्यवसायीक एकता र प्रवद्र्धनका कार्यक्रममा सधै अग्रसर रहने बताए ।

संस्थाको स्थापनादेखि नै केहि गलत प्रवृत्तिका व्यक्ति तथा संस्थाहरुले बाधा व्यवधान श्रृजना गरेको उल्लेख गर्दै व्यवसायीहरुको एकताले त्यसलाई परास्त गर्ने बताए ।

यसअघि तिलोत्तमा व्यापार संघ रहेकोमा हालैमात्र नाम परिवर्तन गरी तिलोत्तमा चेम्बर अफ कमर्स गरिएको थियो ।

 
 
  
 

You may also like