करोडको लागतमा कालिकानगरमा खुल्यो फिटनेश हव

by समतल अनलाइन

बुटवल । बुटवल उपमानगरपालिका वडा नम्बर ११ कालिकानगरमा नयाँ फिनशेन क्लब जिम सेन्टर सुरुवात भएको छ ।

फिटनेश हव नाम दिएको क्लवको औपचारिक रुपमा बुधवार शुभारभ हुदै छ । ५ जना युवा व्यवसायीहरुको लगानीमा एक करोड बढि लागतमा जिम सेन्टर सुरुवात गरिएको हो ।

लोकेश थापा, नेत्र थापा, विनोद थापा, पुरन कार्की र निर्मल बुढाको लगानी रहेको छ । भारतबाट आयात गरिएका चीनमा निर्मीत अत्याधुनिक उपकरण जडान गरिएको जिम सेन्टरमा एकै पटकमा ५० जना भन्दा बढिले सेवा लिन पाउने छन् ।

सञ्चालक लोकेस थापाका अुसार फिटनेश क्लवमा ३ महिनाको पिटी समेत व्यवस्थापन गरिएको छ । क्लवमा नै नुहाउने वातावरण सहितको सेवा उपलब्ध गराइने गरी सेवा सुरुवात गरिको सञ्चालक विनोद थापाले जानकारी दिए ।

जिम सेन्टरमा १ जना प्रदेश स्तरीय गोल्ड मेडलिष्ट प्रशिक्षकहरु नेत्र बहादुर थापाले सेवा ग्राहीहरुको चाहाना अनुसार तालिम समेत प्रदान गर्ने छन् । जिममा आउने व्याक्तिहरुले आवश्यकता अनुसार प्रशिक्षकको सल्लाह सुझावमा न्युटेशनको व्यवस्था समेत जिम सेन्टरमा नै उपलब्ध हुने सञ्चालकले जानकारी दिए । विहान ५ बजे देखि राती १० बजे सम्म जिम सेन्टर खुल्ने छ ।

महिनाको २ हजार रुपैयाँ सेवा शुल्क निर्धारण गरिएकोमा अहिले सुभारम्भको अबसरमा १८ सय रुपैयाँ र एउटा टिर्सट समेत व्यवस्था गरिएको सञ्चालकले जनाएको छ ।

जिम हव सेन्टरमा ३ महिना, ४ महिना, १ बर्ष को विशेष फिटनेश प्याकेज समेत निर्धारण गरिएको छ ।

 
 
  
 

You may also like