बहुप्रतिक्षित टाटा एचफाइभ एसयूभी बुटवलमा सार्वजनिक

by समतल अनलाइन

बुटवल । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभ अटो सफल इन्टरनेशनल बुटवलले सोमबार सार्वजनिक गरेको छ ।

गाडीको सावन्ट जंग सिजापतीले लञ्च गरे । भारतीय बजारमा टाटा ह्यारियर भनिने एचफाइभको मूल्य नेपाली बजारमा ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा टाटा एचफाइभ बुकिङ केही दिनअगाडि नै खुला गरिएको हो । बुकिङ खुला भए यता टाटा एचफाइभ बारे बुझनका लागि सम्भावित खरिदकर्ताहरुबाट इन्क्वारीयहरु आइरहनुका साथै सकारात्मक प्रतिक्रियाहरु आइरहेको कम्पनीले जनाएको छ ।

सिप्रदीले टाटा एचफाइभले नेपाली एसयूभीबजारमा आमूल परिर्वतन ल्याउने र नेपाली एसयूभी पारखीहरुले आकर्षक बनावट तथा खराब बाटोहरुमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एचफाइभ मन पराउने विश्वास लिइएको सिजापतीले बताए । क्रियोटेक २.० लिटर टबो डिजेल इन्जिनयुक्त टाटा फाइभ भारतीय बजारमा चर्चित छ ।

यो गाडीको इन्जिन १३८ बिएचपावर र ३५० एनएफ टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोबरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एचफाइभमा पुश वटन स्र्टाटस्टप समाडिजिटल इन्स्टरुमन्ट कन्सान, मल्टीफङसन स्टेरिङ हाइट अजस्टबल ड्राइभर सिट अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरु रहेका छन ।

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पती भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरु बस, ट्रक र डिफेन्स गाडीहरु उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतको र वृहत रेञ्जमा इन्टिग्रेटेड स्माट तथा इमोविलिटी सोलुसनहरु प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुर ल्याण्ड ओभर तथा दक्षिण कोरिया स्थित टाटा डेइबुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरुको विश्वव्यापी सञ्जालमार्फत टाटा मोटर्स बेलायत दक्षिणकोरिया थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियमा टाटा मोटर्स सञ्चालनमा छ ।

यो पनि पढ्नुहोस्

 
 
  
 

You may also like