मानवलाई उपयोगी पुर्विय दर्शन

by समतल अनलाइन

बुटवल। पुर्विय दर्शन मानव जिवनलाई उपयोगी र सिद्ध साबित भएको नयागाउस्थित मुक्तिनाथ धामका पिठाधिस १००८ लोकानन्द स्वामीले दाबी गरेका छन । विधिविधानबाट मानव जिउने कला सिकाउने काम पुर्विय दर्शन गर्ने उनको भनाई छ ।

रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाको ४ सय ५७ अौ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रकृति र संस्कृतिलाई अप्नाउदा जिवनमा फाईदा मिल्नेसमेत बताए ।आहार, बिहार, निद्रा र मैथुनलाई नियन्त्रण गरेमा जीवन मंगलमय हुने उनको दाबी छ । समाज रुपान्तरणमा सामाजिक संघसंस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

शुभ कामलाई आज र नराम्रो तथा अशुभ कामलाई भोलिलाई थाति राख्नुपर्ने उनको सुझाव छ । भोलिसम्म बिचार सकारात्मक हुनसक्छ। उनले भने।क्लबका अध्यक्ष गोपाल ज्ञवालीले शिक्षा र स्वस्थ क्षेत्रमा सरकारको सबैभन्दा बढी लगानी गर्नुपर्ने र साथमा ब्यवस्थापन अनुगमन हुनुपर्ने बताए।

कार्यक्रममा क्लबका आईपिपि कृष्ण प्रसाद शर्मा, पुर्वअध्यक्ष बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, सम्मानित सदस्य भुवनसिह विश्वकर्मा, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, रोक्याक्ट क्लब अफ रुपन्देही देवदहका आईपिपि दिपेश अर्यालले क्लबबाट समाजका हरेक क्षेत्रमा कामहरु गर्दै आएको बताए।

यसैबिच क्लबको वर्ष २०२०/२०२१ का अध्यक्ष विष्णुप्रसाद चापागाईं, उपाध्यक्ष निरज श्रेष्ठ, उपाध्यक्ष दिपक भट्टराई, सहसचिव अर्जुनआचार्य, सदस्यहरु भगवती पाण्डे, केशव कुवरलाई स्वामीबाट सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like