नेवारी सस्कृती जोगाउन सरोकारवालाको आग्रह

by समतल अनलाइन

बुटवल। नेवारी कला सस्कृती जोगाउनु सबैको दायित्व भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न । भिमसेन नेवा मयजु पुच बुटवल ३ को आयोजनामा भएको योमरी पुन्ही कार्यक्रममा बोल्दै नेवारी कला सस्कृतीलाइ जोगाउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष चीन बहादुर गुरुङले सास्कृतिक र धार्मिक महत्त्व बोकेका यस्ता पर्वहरुको जगेर्ना गर्न वडाको तर्फबाट सहयोग गर्न तयार रहेको बताए । कुनै बेला नेवारी कला र सस्कृतीसङ जोडिएका पर्बमा घण्टौ हिडेर हेर्न जाने गरेको स्मरण गर्दै गुरुङले अहिले शहरका वल्लोपल्लो घरमा फरक सस्कृतीको बारेमा जानकारी पाइने बेला आएको बताए ।

बुटवल उपमहानगरपालिकाका पुर्बउपमेयर तथा सस्थाका सल्लाहकार बिमल बहादुर शाक्यले योमरी पुन्हीको अवसरमा सुख शान्ति र समृद्धिको शुभकामना दिदै योमरी पुन्हीको धार्मिक र सास्कृतिक महत्त्वका बारेमा जानकारी गराएका थिए ।योमरी चामलको पिठो ,तिल , चाकु लागायतका सामाग्रीको मिश्रणबाट तयार हुने परिकार भएकाले यो पोषणका दृश्टीले पनि महत्त्वपूर्ण रहेको बताए ।

योमरी पुन्हीको अवसरपारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै शाक्यले पुन्हीकोमा गणेश , कुबेर, लक्ष्मी, सरस्वती ,अन्नपूर्ण , बसुन्धरा , भगवतीको पुजा अर्चना गर्नाले घर परिवारमा शान्ति र समृद्धि हुने जनबिश्वास रहेको बताए ।

भिमसेन नेवा समाज अध्यक्ष तथा वडा नम्बर ३ का जनप्रतिनिधि लिला प्रसाद श्रेष्ठले ऐतिहासिक चाडपर्वहरुको सम्मान गर्नुपर्ने बताए ।कार्यक्रमको आयोजना गरेरे महत्त्वपूर्ण कार्यको सुरुवात गरेको बताए ।

टोल बिकास सस्थाअध्यक्ष आनन्द भगत श्रेष्ठले घर भित्र मनाउदै आएका यस्ता पर्बहरु सामुहिक रुपमा मनाउनु उचित भएको बताए ।अर्घाखाँची नेवा समाजका अध्यक्षले बोल्दै नेवारी कला सस्कृतिको जतिसुकै व्याख्या गरेपनी कमि हुने बताउदै नयाँ पुस्तालाइ यस्ता सस्कृतीहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताए ।

सल्लाहकार लोक श्रेष्ठले भिमसेन नेवा मयजुले आफ्नो पर्बको मूल्य मान्यतालाइ आत्मसात गर्दै पुन्हीको अवसरमा कार्यक्रमको आयोजना गरेको भन्दै खुशी व्यक्त गरे । यस्ता सस्थाहरुले सस्कृतीको जगेर्ना गर्दै सामाजिक काम गर्नुपर्नेमा जोड दिए ।

भिमसेन नेवा मयजु पुचका अध्यक्ष धनु श्रेष्ठले कुनै पनि पर्व सामुहिक रुपमा मनाउदा एक आपसमा आत्मीयता सामीप्यता र सद्भाव बढने हुदा कार्यक्रमको आयोजना गरिएको बताइन ।

सस्थाका अध्यक्ष धनु श्रेष्ठको अध्यक्षता , इलाका प्रहरीकार्यलय बुटवलका डि एस पी प्रतीत सिह राठौरको आतिथ्य्ता , उपाध्यक्ष शारदा श्रेष्ठको स्वागत तथा भिमसेन नेवा समाजका सचीव गोपाल श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like