शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन

by समतल अनलाइन

बुटवल। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकाे छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,काेषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

त्यस्तैगरी समाजकाे सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पाैडेल,बिजु पाैडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् ।

बुटवलमा शनिबार भएकाे अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेकाे निर्वाचन समितिका संयाेजक हरिष ढकालले जानकारी दिए ।

यसअघि आयाेजित खुल्लासत्रमा बाेल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए । उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए ।

ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा बताएका थिए ।

 
 
  
 

You may also like