खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

by समतल अनलाइन

बुटवल। काठमाण्डौमा सम्पन्न छैटौ नेपाल जुनियर खुल्ला टेनिस प्रतियोगिता २०२० मा पदक विजेता रुपन्देहीका ३ जना खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । शनिबार एक समारोहका बिच रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष सन्जयप्रकाश श्रेष्ठले ब्यक्तिगत रुपमा खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयासहित सम्मान गरेका हुन ।

खेलमा जित हासिल गरेका खेलाडीहरुको प्रोत्साहनका लागि नगद सहित सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । काठमाडौ सातदोबाटोस्थित लनटेनिस कोर्टमा पुस १२ गतेदेखि ४ दिनसम्म संचालन भएको प्रतियोगितामा रुपन्देहीका १० वर्ष उमेर समुहमा वृजेश अर्यालले स्वर्ण पदक, आठ वर्षमुनिमा निश्चल ज्ञवाली र ९ वर्षमुनिमा संघर्ष फौदारले कास्य पदक जितेका थिए ।

प्रशिक्षक विकास खड्काले सम्मानबाट निक्कै हौसला बढेको भन्दै रुपन्देही जिल्लाका खेलाडीहरु भविष्य उज्वल रहेको बताए । प्रतियोगिता ८ देखि १४ उमेर समुहमा गरि ७ ईभेन्टमा खेल खेलाईएको थियो । खेलमा काठमाण्डौ, पोखरा र रुपन्देहीका एक सय खेलाडीहरु भाग लिएका थिए । लनटेनिस खेलमा उमेर समुहका खेलाडी उत्पादनमा आफुहरु लागेको क्लबका सचिव गोपाल ज्ञवालीले बताए । केन्द्रको समन्वयमा तालिम तथा प्रतियोगिताहरु गर्दै आएको उनले बताए ।

 

 
 
  
 

You may also like