मध्यावधि निर्वाचन घोषणाले कांग्रेसको भित्रभित्रै हड्डी हाँसेको छ : मन्त्री कृष्णगोपाल श्रेष्ठ

by समतल अनलाइन

काठमाडौं । नेकपा ओली समूहका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भित्रभित्रै हड्डी हाँसेको बताएका छन् । मध्यावधि निर्वाचन घोषणा कांग्रेसको निम्ती खुसीको खबर भएको उनको भनाई छ ।

नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा मन्त्री नेकपाले ५ वर्षका लागि जनमत पाएर पनि तीन वर्षमा नै चुनाव हुदा कांग्रेस खुसी भएको बताए । पाँच वर्षका लागि एकल रूपमा नेकपाले मत पाएर प्रतिपक्षमा बस्नुपरेको कांग्रेसलाई तीन वर्षमै चुनावमा जान पाउँदा खुसी लागेको उनको कथन थियो ।

श्रेष्ठले फुटको पीडा थाहा पाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग प्रशिक्षण लिन सुझाब दिए । ‘पार्टी फुटको पीडा थाहा पाउन वामदेव गौतमसँग प्रशिक्षण लिन जानुहोस्’, श्रेष्ठले भने।

 
 
  
 

You may also like