नेपाली कांग्रेस क्षेत्र नं. १ को र रामपुर नगर कार्य समितिको संयोजनमा विरोध प्रदर्शनमा

by समतल अनलाइन

पाल्पा। नेपाली कांग्रेस क्षेत्र नं. १ को आयोजना र रामपुर नगर कार्य समितिको संयोजनामा रामपुरमा भएको विरोध प्रदर्शनमा भएको थियो । रामपुर नहरअफिस बाट सुरु भएको विरोध ¥याली हुलाक टोल, गणेशमान चोक, बेझाँड बजार चोक, बाङ्गेपसल, इलाका प्रशासन कार्यालय, विपि चोक, स्कुलरोड हुँदै बेझाँड बजार चोकमा आएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य राजन पन्तले मुलुक अहिलेको अबस्थामा आउनु नेकपा र नेकपाको सरकार जिम्मेवार रहेको बताउनु भयो । उहाँले दुई तिहाई प्राप्त नेकपाको सरकारलाई बोकाको मुखमा कुभिण्डो नहटेको झै भएको बताउनुभयो । सरकारको गैरजिम्मेवार पूर्ण प्रवृतिले कोरोना महामारीले तिवृता पाएको बताउनुभयो । उहाँले सरकार भ्रष्टचारमा लिप्त भएकाले अहिलेको अवस्था सृजना आएको बताउनुभयो । उहाँले सरकारले कागजी योजना र बजेट ल्याए पनि कार्यान्वयन गर्न नसकेको भन्दै जनतालाई झुक्याईरहेको बताउनुभयो

नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले ओली होस वा प्रचण्ड कम्युनिष्ट पार्टीको नृतृत्वले मुलुकलाई निकास दिन नसक्ने बताउनुभयो । उहाँले जब सम्म कांग्रेसको नेतृत्व आउँदैन तब सम्म मुलुक परिवर्तन हुँदैन भन्ने कुरा जनताले बुझेको बताउनुभयो । उहाँले कांग्रेसले सबैलाई समेतेर गैरहेको बताउनुभयो । नेपाली कांग्रेसका महासमिति सदस्य रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताले जस्तो सोचेको थियो त्यसको विपरित मुलुक त्यस तर्फ जानु दुखद् रहेको बताउनुभयो । पार्टीको आन्तरिक कारणले गर्दा कोरोनाको विच सरकारले चालेको कदम निन्दनिय रहेको बताउनुभयो । कांग्रेस विनाको सरकार मुलुकमा सञ्चालन हुन नसक्ने अहिलेको घटनाले प्रमाणित गरेको बताउनुभयो । उहाँले आफ्नो पोल्टोमा पार्नको लागि ओलीले संविधान विपरित चालेको कदमले जनताले प्राप्ति गरेको उपलब्धि गुम्ने अवस्थामा पुगेको बताउनुभयो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघका क्षेत्रिय सभापति विष्णुमायाँ ढकालले केपी शर्माले राजा महेन्द्रको प्रवृति दोहोर्याएको बताउँदै जनताको मतलाई लत्याएर संविधानको उलंघन गरेकाले सडकमा आउन बाध्य भएको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रिय समिति सदस्य एवं तरुण युवा विद्यार्थी विभागका प्रमुख किशोर पंगेनीले प्रधानमन्त्रीले सत्तापक्षको खिचातानीकै कारण सम्पूर्ण नेपालीको सपनाको भत्काएको बताउँनु भयो । नेपाल तरुणदल क्षेत्र नं. १ का सभापति प्रेम प्रकाश श्रेष्ठले मुलुकको हरेक अप्ठ्यारामा कांग्रेसले खेलेको भुमिका महत्वपूर्ण रहेको र अहिलेको परिवेश बाट जनता मुलुकलाई पुरानै अवस्थामा ल्याउन कांग्रेमा पनि कांग्रेसको सरकारले विरोधलाई वेवास्ता गर्दै अघि बढेमा सदक र सदन बाट अघि बढ्ने बताउनुभयो ।

विरोध कार्यक्रमका संयोजक सुर्यप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रामपुर नगर समितिका सचिव चिरन्जीवी सिग्देलले गर्नु भएको हो

 
 
  
 

You may also like