भारतमा थप ४५ हजार जनामा संक्रमण

by समतल अनलाइन

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।

 
 
  
 

You may also like