रूपन्देहीको सियारीमा वडा स्तरीय सियारी कप क्रिकेट

by समतल अनलाइन

प्रतियोगिता सुरू, आजकाे खेलमा भेटघाट चारपाते विजयी

सियारी ।रूपन्देहीको सियारी गाउँपालिका वडा नं. ५ स्थित चिल्हिया खेलमैदानमा आईतबार देखि वडा स्तरीय सियारी कप क्रिकेट प्रतियोगिता सुरू भएकाे छ । सियारी गाउँपालिका वडा नं. ५काे सहयाेग र ध्रुवतारा शान्ति क्लबकाे आयाेजनामा प्रतियोगिता सुरू भएकाे हाे ।
आज कुरमार क्लब सियारी ३ र भेटघाट चारपाते क्लब सियारी ४ विच खेल भएकाे थियाे । आज भएकाे खेलमा भेटघाट चारपाते क्लव सियारी ४ विजयी भएकाे छ । भेटघाट चारपाते क्लबले कुरमार क्लबलाई १३१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे ।
सियारी ५ चिल्हिया स्थित खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेटघाट चारपाते क्लबले १६ ओभरमा ७ विकेटकाे क्षतिमा २ सय रन बनाएकाे थियाे । खेलमा सर्वाधिक ११० रन बनाएका सन्ताेष तिर्पाठी आजकाे खेलमा म्यान अफ दि म्याच भए ।
भाेलि राहिनाेज क्लब सियारी १ र न्यु ध्रुवतारा क्लब सियारी ६ विच खेल हुने आयाेजकले बताएकाे छ ।
विजेता हुने टिम प्रथमले रू. १५ हजार र द्वितियाले १० हजार पाउने छन् । प्रतियोगितामा गाउँपालिकाका १२ टिमकाे सहभागिता रहेकाे छ ।
खेलकाे उद्घाटन कार्यक्रम
सियारी गाउँपालिकाकाे सहयाेग र ध्रुवतारा शान्ति क्लबकाे आयाेजनामा सियारी ५ चिल्हियामा भैरहेकाे वडा स्तरीय सियारी कप क्रिकेट प्रतियोगिताकाे आईतबार उद्घाटन गरिएकाे छ ।
खेलकाे सियारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पाैडेल र सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले उद्घाटन गर्नु भयाे ।

खेलाडीहरूलाई खेलकुदप्रति आकर्षित गर्न खेलकुदका समाग्री उपलब्ध गराईने वडा अध्यक्ष थम्मन बहादुर पाैडेलले बताउनु भयाे । अहिले भैरहेकाे खेललाई आवस्यक रकम उपलब्ध गराईने उहाँकाे भनाई छ ।
गाउँपालिकामा खेलकाे प्रवर्द्धन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले बताउनु भयाे ।
कार्यक्रममा ध्रुवतारा शान्ति क्लबका अध्यक्ष शशिधर भुसालकाे अध्यक्षता रहेकाे थियाे । संस्थपक सदस्य प्रेम पाेख्रेलले कार्यक्रमका बारेमा बताउनु भएकाे थियाे । क्लबका चन्द्र कान्त बस्यालले स्वागत गर्नु भएकाे थियाे भने सन्ताेष कुमार बस्नेतले कार्यक्रम संचालन गर्नु भएकाे थियाे ।
यस्तै कार्यक्रममा सेन्टर प्वाइन्ट कन्ट्रक्सनका संचालक श्याम शर्मा भुसालले खेलाडीहरूलाई २५ ओटा खेलकुद टिसर्ट वितरण गर्नु भयाे ।

 
 
  
 

You may also like