‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज सिंह बुटवलबाट पक्राउ

by समतल अनलाइन

बुटवल । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलाइ बुटवल प्रहरीले गिरफ्तार गरेको छ ।

आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रत्रितसिह राठौरले बताए ।

पक्राउ परेका व्यक्तिहरुसँग विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको उनले बताए ।

पक्राउपछि उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

 
 
  
 

You may also like