विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य यथावत छ । अर्थात् शनिबार कारोबार भएकै मूल्यमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुनेछ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ । बिहीबार र शुक्रबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।

हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ ।

 
 
  
 

You may also like