कोरोनाबाट आज थप २१ सहित मृतकको संख्या ११०८ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २८१७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ९४ हजार ४५३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८१२ सय जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ५७ हजार ९२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१.१ रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like