काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ८१२ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ६३७ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
अहिलेसम्म कुल एक लाख ४८ हजार ५०९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ सय १५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख २ हजार ८२० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।