काठमाडौं । नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ६३७ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
अहिलेसम्म कुल एक लाख ४८ हजार ५०९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ सय १५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख २ हजार ८२० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १५ हजार २५५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख ५० हजार १५२ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ३१ हजार ५३८ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ७७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २९० जना रहेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।