अमेरिकामा ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २५ हजारको मृत्यु

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५७ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८४ लाख ५६ हजार ६५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ३ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख २८ हजार १६३ जनामध्ये १५ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २५ हजार २२२ पुगेको छ ।

 
 
  
 

You may also like