ब्लडप्रेसर जाँच गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

by समतल अनलाइन

ब्लडप्रेसर जाँच गर्दा कम्मर सीधा गरेर बस्नुपर्छ । हात हल्का मुठी पार्ने र कुहिनो कुनै टेबल, कुर्सी या बेडमा टेकाएर राख्नुपर्छ । यसरी जाँच गराउँदा ब्लडप्रेसरको सही नतिजा देखिन्छ ।

ब्लडप्रेसर नियमित जाँच गर्नुहुन्छ भने हरेक दिन एकै समयमा गर्नुहोस् । यसले तपाईंलाई आफ्नो ब्लडप्रेसर नियन्त्रणमा राख्न र सचेत हुन सहयोग मिल्छ ।

ब्लडप्रेसर जाँच गर्नुअघि पिसाब फेर्नुहोला । मुत्राशय खाली गरेर ब्लडप्रेसर जाँच गर्नु राम्रो हो । र, यो पनि ख्याल गर्नुहोस् कि खाना खानुअघि र पछिको रिडिङ फरक पर्न सक्छ ।

ब्लडप्रेसर जाँच गर्नुअघि धुम्रपान र रक्सी सेवन नगर्नुहोला । धुम्रपान र रक्सीले ब्लडप्रेसर प्रभावित गराउने र सही रिडिङ नदेखिने चिकित्सकहरू बताउँछन् ।

जहिले पनि बसेर मात्रै ब्लडप्रेसर जाँच गर्नुहोस् । बसेको समयमा शरीरलाई आराम महसुस हुन्छ र जति हो उति नै प्रेसर रिडिङ हुन्छ । यो वेला पैताला भने जमिनमा टेकिएको हुनुपर्छ ।

 
 
  
 

You may also like