चर्चित गायक उदीत नारायण झालाई ज्यान मार्ने धम्की

जेन्सी । चर्चित गायक उदीत नारायण झालाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । झाले आफूलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको बताए ।

प्रहरीका अनुसार झालाई बिहारको एक नम्बरबाट फोन आएको थियो । उक्त नम्बर चोरीको भएको बताइएको छ । उक्त नम्बर झाका सुरक्षा गार्डले प्रयोग गरेका थिए । तर, फोन चोरी भएको थियो ।

तीन महिनाअघि बिहार जाँदा फोन हराए पनि ती सुरक्षा गार्डले प्रहरीमा रिपोर्ट गरेका थिएनन् । झाले आफूलाई बारम्बर एउटै नम्बरबाट ज्यान मार्ने धम्की आइरहेको प्रहरीलाई बताएका छन् ।

धम्कीपछि झा निवासमा सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 
 
  
 

You may also like