नेपालमा कोरोनाबाट थप २१ सहित मृत्यु हुनेको संख्या सात सय नाघ्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाबाटआज थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ४ हजार ३९२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख २६ हजार १३७ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३१५ जना रहेका छन् ।

 
 
  
 

You may also like