चिनियाँ वैज्ञानिकद्वारा कोरोना भाइरसको तस्विर लिन सफल

by समतल अनलाइन

बेइजिंग (एजेन्सी) ।चीनका वैज्ञानिकले विश्वमै पहिलो पटक घातक महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको तस्विर बनाएका छन् । उक्त तस्विरबाट कोरोना भाइरसलाई लिएर कयौं महत्वपुर्ण तथ्य बाहिर आएको बताइएकोछ ।

कोरोना भाइरसको आकार किला एकतिर तिखो देखिन्छ । तस्विरको अध्ययतले यसको मानव कोषहरुसँगको अन्तरक्रियाको पनि खुलासा भएको छ । कोरोना भाइरसको तस्विर आएपछि वैज्ञानिकहरुलाई अब यो महामारी अन्त्य पार्न ठुलो मद्दत मिलिरहेको बताइएको छ ।

कोरोना भाइरसको तस्विर खिच्न सफल भएपछि वैज्ञानिकहरुमा कोरोना भाइरसको उपचार खोज्न सकिनेमा आशा जागेको छ । चीनको सिगुआ युनिभर्सिटीका बायालोजिस्ट डाक्टर साई ली हांगझोउका एक बायासेफ्टी ल्याबमा भाइरस विशेषज्ञहरुसँग मिलेर काम गरिरहेको छ । यी विशेषज्ञ प्रयोगशाला भित्र कोरोना भाइरस तयार गरिरहेका छन् । यी विज्ञषज्ञले भाइरसलाई केमिकल भित्र सुरक्षित राखेका छन् । त्यसपछि उनले भाइरसले भरिएको तरल पदार्थ डाक्टर लीलाई पठाइदिए ।

ली र उनको टालीले भाइरसले भरेको तरल पदार्थलाई एक थोपा समेते । त्यसपछि लगत्तै त्यसलाई छिटो जम्न दिए । ली र उनको टालीले क्र्यो इलेक्ट्रोनिक माइक्रोस्कापबाट त्यसलाई अवलोकन गरे । न्युयोर्क टाइम्ससँगको कुराकानीमा लीले भने – मैले एक स्क्रिन हेरेँ जुन कोरोना भाइरसले पुरै भरिएको थियो । यो एक इन्चको १० लाख हिस्सा सुक्ष्म थियो ।

मलाई लाग्छ म विश्वको पहिलो त्यसतो ब्यक्ती हुँ जसले भाइरसलाई यति नजिकबाट देखेको छ । लीको यी तस्विरहरुबाट वैज्ञानिकहरुलाई कसरी भाइरसका केही प्रोटिन मानवको कोषिकाहरुमा प्रवेश गर्छ भन्ने थाहा भएको छ ।

यी तस्विरबाट वैज्ञानिकहरुलाई कसरी दुषित बंशाणु मानवको बायोकेमिस्ट्रीमाथि नियन्त्रण गर्छ । शोधकर्ताहरुलाई केही भाइरल प्रोटिन हाम्रो सेलुलर फ्याक्ट्रीलाई ध्वस्त पारिरहेको हुन्छ र अन्य भाइरल प्रोटिन नयाँ भाइरस बनाउनका लागि नर्सरी तयार गर्छ भन्ने थाहा भएको छ । केही शोधकर्ता सुपरकम्प्युटरको प्रयोगबाट भर्चअल भाइरस तयरा गर्नमा लागेका छन् । उनीहरुले कसरी अत्यन्त तिब्र गतिमा सक्कली भाइरस फैलिन्छ, पत्ता लगाउन सकिनेमा आशावादी छन् ।

 
 
  
 

You may also like