अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई दिने घोषणा

by समतल अनलाइन

काठमाडौँ । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अर्थशास्त्रीहरुलाई दिइएको छ ।कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको प्यानलले यस बर्षको अर्थशास्त्रतर्फको पुरस्कार पाउल आर मिलग्रोम र रोबेर्ट बि विल्सनलाई दिने घोषणा गरेको हो ।

मिलग्रोम र विल्सनलाई लिलामी सिद्धान्त (अक्सन थ्योरी) मा सुधार र लिलामीको नयाँ तरिका आविष्कार गरेकोमा यस बर्षको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

अमेरिकी विश्वविद्यालय स्टेनफोर्ड युनिभर्सिटीमा कार्यरत मोलग्रोम र विल्सनले सामान्य बस्तुको लिलामी गर्ने तरिका बनाएका छन् ।योसँगै यस बर्षको नोबेल पुरस्कारको घोषणा सकिएको छ ।

यस बर्ष शान्ति तर्फको पुरस्कार विश्व खाद्य कार्यक्रमलाई दिइयो भने साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई दिइएको थियो । त्यस्तै यसबर्षको रसायनशस्त्रतर्फ इमानुएल चार्पेनटिएर र जेनिफर डोउडनालाई, भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक रोजर पेनरोजलाई तथा रेइनहार्ड गेन्जेल र आन्द्रे गेन्जेललाई र चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार तीन डाक्टरहरु हार्भे जे अल्टर, माइकल हंगटन र चार्लिज एम राइसलाई दिने घोषणा गरिएको थियो ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।

 
 
  
 

You may also like