बुटवल । रूपन्देहीका प्रदेश सांसद भूमिश्वर ढकाल हालसम्म प्रदेशसभामा शून्य समय र विशेष समय लिएर बोलेका छैनन् । नवलपरासी पश्चिमका सांसद अजय शाहीको चाला पनि उहीँ हो ।
प्रदेश सभामा विशेष र शून्य समयमा एक पटक पनि बोलेका छैनन् । यी दुई मात्र होइन कपिलवस्तुका अर्जुन कुमार केसी, फौजिया नसिम र वीरेन्द्र कनौडिया, रूपन्देही की विमला शर्मा पन्थी, पाल्पाका नारायणप्रसाद आचार्य र बर्दियाकी सुमन शर्मा रायमाझी पनि संसदमा हालसम्म शून्य समय र विशेष समयमा बोलेका छैनन् । प्रदेशसभा गठन भएपछि गत असार मसान्तसम्म सम्पन्न भएका एक सय ४९ वटा बैठकमा यी आठ सांसदहरूले एक पटक पनि शून्य समय वा विशेष समयमा नबोलेका हुन् ।
संसदीय अभ्यासमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदहरूले विशेष र शून्य समय लिएर बोल्ने गर्छन् । संसदीय प्रचलनमा सांसदहरूले प्रतिनिधित्व गर्ने क्षेत्रका नागरिकका समस्यालाई सरकारको ध्यानाकर्षण गराउन यस्तो समयको व्यवस्था गरिएको हुन्छ । तर, लुम्बिनी प्रदेशको प्रदेशसभाको संसदीय अभ्यासमा भने नागरिकका समस्याहरूलाई संसदमा राख्न हिच्किच्याउँछन् । प्रदेशसभाले दिएको एक सय ४९ वटा बैठकका विवरणहरू हेर्दा शून्य र विशेष समयमा सांसदहरूको सक्रिय सहभागिता निकै न्यून देखिएको हो ।
हालसम्म एक पटक पनि शून्य वा विशेष समय लिएर नबोलेका सांसद अजय शाहले आफ्नो क्षेत्रमा सरकारको ध्यानाकर्षण गर्नु पर्ने समस्या नपरेकाले नबोलेको बताए । ‘मेरो क्षेत्रमा त्यती ठूला समस्याहरू छैनन् । सदनमा बोल्न वास्तविक समस्या हुनु पर्छ । मेरो बोल्नका लागि बोल्ने स्वभाव छैन ।’– उनले भने । पाल्पाका नारायणप्रसाद आचार्यले विशेष र शून्य समयबाहेक अन्य छलफलहरूमा भने सक्रिय रूपमा भाग लिएको दाबी गरे । यसो त यी आठ जना बाहेक शून्य र विशेष समयमा अन्य सांसदको सहभागिता पनि उत्साहप्रद छैन । अन्य १६ जना सांसदले एक पटक मात्र त्यस्तो समय लिएर बोलेका छन् । त्यसरी बोल्ने सांसदहरूमा दाङका अर्जुनकुमार श्रेष्ठ, ईन्द्र जित थारू, गुल्मीका कमल राज श्रेष्ठ, बर्दियाका कविराम थारू, बाँकेकी कृष्णा केसी र चिन्तावती कुर्मी, अर्घाखाँचीका चेतनारायण आचार्य र जल्पा भुषाल, रूकुम पूर्वकी आशा स्वर्णकार र तेजबहादुर ओली, रूपन्देहीका दधिराम न्यौपाने, रोल्पाका दीपेन्द्रकुमार पुनमगर, बाँकेकी पार्वती पुन गहतराज, दाङका रेवती रमण शर्मा, बर्दियाकी लौटी थारू र कपिलवस्तु की शान्तिदेवी स्वर्णाकार रहेका छन् ।
संसदीय अभ्यासमा रानीतिक दलको सदस्यको संख्याको आधारमा त्यस राजनीतिक दललाई बोल्न दिइने समय विषेश समय हो । लुम्बिनी प्रदेशसभामा एउटा बैठकमा विषेश समयलाई कति छुट्याउने भनी समय निर्धारण गर्ने गरिएको छैन । तर पनि एउटा सदस्यले करिब पाँच मिनेट समय पाउने प्रदेशसभा सचिवालय बताउँछ । बोल्न चाहने सदस्यले विषेश समयको प्रचलिन मान्यतामा दलको सचेतकमार्फत सचिवालयमा नाम टिपाउने प्रावधान भए पनि लुम्बिनी प्रदेशमा सांसदले सिधै सचिवालयमा नाम टिपाउने गरिएको छ ।
विषेश समयभन्दा अघि शून्य समयको समय सभामूखले आह्वान गर्छन् । संसदीय अध्यासमा सभामुखदे सदस्यलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन दिने समयलाई शून्य समय भनिन्छ । सभा बसेको दिन शून्य समय राख्ने वा नराख्ने भन्ने स्वविवेकीय अधिकार सुभामुखलाई छ ।
लुम्बिनी प्रदेशभा भने यस्ता समयमा सांसदहरूले सक्रियताका साथ सहभागिता नजनाउँदा नागरिकका समस्याको सुनुवाई हुन नसकेको संघीयताका जानकार अधिवक्ता महेन्द्र पाण्डे बताउँछन् । ‘सांसद भनेको कुनै निश्चित भूगोलमा रहेका नागरिकको प्रतिनिधि हो,’ अधिवक्ता पाण्डे भन्छन्–‘तर, सांसदले आफ्नो अधिकार प्रयोग गरेर नबोलेपछि जनताका कुरा कसले बोलिदिने ?’
समयको असमान वितरण
प्रदेशसभामा शून्य र विशेष समय दिँदा असमान ढैगले समयको वितरण गर्ने गरिएको तथ्याङ्कले देखाँउछ । गत असार मसान्तसम्म सम्पन्न भएका बैठकमा सभामूखले सांसदलाई कुल तीन सय ९५ वटा विशेष र शून्य समय दिएका थिए । ति मध्ये एक सय ८८ वटा त्यस्ता समय जम्मा १३ जना सांसदहरूलाई दिइएको छ । ८७ जना सांसद रहेको प्रदेशसभामा शून्य र विशेष समयको ५० प्रतिशतभन्दा धेरै समय १३ जना सांसदलाई दिइएको देखिएको हो । ती १३ सांसदले कम्तिमा १० वटा विशेष र शून्य समय पाएका छन् ।
प्रदेशसभामा सबैभन्दा धेरै विशेष र शून्य समय रूपन्देहीका सन्तोष कुमार पाण्डेले पाएका छन् । जनता समाजवादी पार्टीका सांसद पाण्डेले २० पटकसम्म त्यस्ता समय लिएर बोलेका छन् । त्यस्तै रूपन्देहीकै फखरूद्धिन खानले १७ पटक विशेष र शून्य समय पाएका छन् । रूपन्देही कै सत्तारूढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले १७ पटक त्यस्तो समय लिएर बोलेका छन् । ती बाहेक धेरै समय पाउने सांसदहरूमा अष्ठभुजा पाठक, भुवनेश्वर चौधरी, दिपेश थारू, विजयबहादुर यादव, विष्णुकुमार पन्थी, कल्पना पाण्डे, कुलप्रसाद पोखरेल, तारा जिसी, तुलाराम घर्तीमगर र रामजीप्रसाद घिमिरे रहेका छन् । दैनिक लुम्बिनीबाट