रास्ट्र बैंकले भन्यो दशैँमा नया नोट दिन्नौ

by समतल अनलाइन

काठमाडौं।नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँसहितका चाडपर्वमा नयाँ नोट सटही सुविधा नदिने भएको छ। विगतमा दसैँमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको केन्द्रीय बैंकले यसपटक कोभिड संक्रमणको जोखिम भएको भन्दै सटही सुविधा बन्द गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार कुनै पनि कार्यालयहरूबाट यस वर्षको दसैँ प्रयोजनका लागि नयाँ नोट सुविधा नदिइने उल्लेख छ।
भीडभाड रोक्न यस्तो निर्णय गर्नुपरेको राष्ट्र बैंकको भनाइ छ।

 
 
  
 

You may also like