त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि हुने

by समतल अनलाइन

काठमाडौं।त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएकाे छ।

विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो।

परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ।

असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो ।

 
 
  
 

You may also like