यौन–सुख : जि स्पट र आनन्द

by समतल अनलाइन

महिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलालाई कुन अंगमा छुँदा उनीहरुमा उत्तेजना आउँछ भन्ने कुरा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । सुरुसुरुमा कुनै पनि महिलाको लागि यो कुरा पत्ता लगाउन नै मुस्किल हुन्छ कि कसरी चरम आनन्द प्रदान गर्ने ?

सन् २०१७ मा गरिएको एक अध्ययन अनुसार लिङ्ग प्रवेशबाट मात्रै कुनै पनि महिलालाई चरम आनन्द प्राप्त गराउनु मुस्किल काम हो । महिलाहरूको लागि सम्भोगबाट अर्गेज्म प्राप्त गर्नु अपेक्षाकृत रूपमा असामान्य हुन्छ । वास्तवमा केवल १८ प्रतिशत महिलामात्रै लिङ्ग प्रवेशबाट चरम आनन्द प्राप्त गर्ने खालका हुन्छन् । यस्ता महिलाहरूले लिङ्ग प्रवेशभन्दा पहिले नै अर्गेज्मको लागि संवेदनशील अंगमा छुने लगायतका अर्गेज्मका विभिन्न शैली भोगिसकेका हुन्छन् । यसमा जी स्पट भन्ने एउटा संवेदनशील अंग हुन्छ जसमा छुँदामात्रै पनि महिलाहरू चरम आनन्दमा पुग्ने गर्छन् ।

जी स्पट के हो ?

अहिलेसम्म जी स्पट वास्तवमा हुन्छ या हुन्न भन्ने बारेमा समेत कुनै स्थापत्य प्रमाण छैन । तर जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनले जी स्पटको रचनात्मक अस्तित्वको बारेमा बताएको छ । जीस्पटको बारेमा पहिलो पटक सन् १९५० को दशकमा खोज गरिएको थियो । डा. अन्स्र्ट ग्रेफेनवर्गले मूत्र मार्गको साथ योनीको भित्र माथिल्लो भागमा रहेको यो अंग उत्तेजनाको लागि सक्रिय रहेको उल्लेख गरेका छन् ।

जी स्पट वास्तवमा योनीको भित्र एउटा सानो क्षेत्र हुन्छ । यो योनीको भित्र दुई इन्च या त्योभन्दा थोरै भित्र माथिल्लो भागमा रहने गर्छ । जी स्पट यौन संवेदनशील हुन्छ र उत्तेजनाको समयमा यसले आनन्द दिने गर्छ । जी स्पट महिलाको योनीमा हुने एउटा निश्चित स्थान होइन । यो त योनीमा जुन सुकै ठाउँमा पनि पाउन सकिन्छ । यौन सम्पर्कको समयमा जी स्पटलाई उत्तेजित पार्न कोही महिला इच्छित हुन्छन् भने कोही यसमा चासो राख्दैनन् । महिलाहरू यस तरिकाले या कुनै अर्काे तरिकाले समेत संवेदनामा कुनै अन्तर महसुस हुँदैन ।

जी स्पट कहाँ रहन्छ ?

जी स्पट योनीको लगभग दुई देखि तीन इन्च भित्र माथिल्लो भागमा हुने गर्छ । यदि स्वयं यसलाई पत्ता लगाउन चाहनुहुन्छ भने आफ्नो औंलाले यसलाई पत्ता लगाउन मुस्किल हुने गर्छ ।

यदि तपाईं चाहनुहुन्छ भने, सबैभन्दा सुरुमा आफ्नो पेटमा हात राख्नुहोस् । त्यसपछि बिस्तारै हातलाई आफ्नो योनी तर्फ घिसारेर लैजानुहोस् । दोस्रो पटक दुई वटा औंलालाई त्यसरी नै पेटबाट योनीसम्म लैजानुहोस् र बिस्तारै योनीबाट पेटतिर लैजानुहोस् । यस्तो गर्दा जीस्पट कहाँ छ भन्ने थाहा हुन सक्छ ।

धेरै महिलाले आफ्नो जी स्पट नभेटेको महसुस गर्छन् । महिलामा जी स्पट खोज्नको लागि पहिले उत्तेजनामा जानु पर्ने हुन्छ । जी स्पट खोज्नको लागि तपाईं कुनै स्त्री रोग विशेषज्ञ कहाँ जानु भयो भने तपाईंले त्यतिबेला पनि जी स्पट खोज्न सक्नुहुन्न । किनकि त्यो बेलामा तपाईं उत्तेजित हुनुभएको नहुन सक्छ । बरु एक्लै कोठामा बसेर पूरा उत्तेजनामा पुगेको बेलामा भने जी स्पट भेट्न सक्छन् ।

जी स्पटलाई कसरी उत्तेजित पार्ने ?

यो रहस्यमयी ठाउँ खोज्नको लागि सबैभन्दा राम्रो तरिका यो हो कि तपाईं यसलाई उत्तेजित गर्नको लागि आफ्नो साथीको साथ काम गर्नुहोस् । यदि माथि उल्लेख गरिए अनुसार महिलाको जी स्पट कहाँ छ भन्ने पत्ता लागिसकेको छ भन्ने अब मजा लिने समय आयो भन्ने बुझ्दा हुन्छ ।

कतिपय महिलालाई जी स्पटमा उत्तेजना नहुन पनि सक्छ । यस्तो अवस्थामा कतिपय महिलालाई हातले जीस्पटमा छोएको मन नपर्न सक्छ । त्यसैले महिलाको बानीलाई ध्यान दिएर मात्रै यसबारेमा ध्यान दिनुपर्छ । अर्काेतर्फ, जीस्पटलाई औंलाले रगड्नु वा मालिस गर्नुले पनि जी स्पटमा उत्तेजना आउन सक्छ ।

यहाँ केही उपाय उल्लेख गरिएको छ जसले जीस्पटको मालिस एवं उत्तेजना बढाउन सकिन्छ

–पहिलो, यदि तपाईंले जीस्पटलाई बारम्बार आफ्नो औंलाले दबाउन सक्नुहुन्छ । जस्तो कि तपाईं एक बटमलाई दबाउनु हुन्छ त्यसरी नै यसलाई दबाउन सक्नुहुन्छ । केही महिलाको लागि हल्का दबाब पर्याप्त हुन्छ भने केहीको लागि धेरे दबाब आवश्यक पर्छ ।

–दोस्रोमा आफ्नो माझी औंला र साइली औंलाले यता आउ भन्न इसारा गरे जसरी औंलाले जी स्पटलाई बिस्तारै छुन सकिन्छ ।

सबैभन्दा पहिले आफ्नो जीस्पटमा आफ्नो औंलालाई दरिलो पाराले राख्नुपर्छ । यसलाई आवश्यकता अनुसार दबाब दिन पनि सकिन्छ ।

जीस्पटलाई उत्तेजित पार्नको लागि यौन ढाँचा

यदि तपाईं यौन सम्पर्कको समयमा जीस्पटलाई उत्तेजित बनाउन चाहनुहुन्छ भने त्यसको लागि सही कोण वा यौनको सही ढाँचा तयार पार्नु आवश्यक हुन्छ । त्यसको लागि केही यस्ता यौन ढाँचाहरु छन् जुन ढाँचामा यौन सम्पर्क राख्दा महिला धेरै उत्तेजित हुने गर्छन् ।

काउ गर्ल पोज

आफ्नो साथीलाई उसको पीठको बलमा सुत्न लगाउनु होस् । यसरी सुत्दा गाई उभिएको जस्तो अवस्था हुन्छ । त्यसपछि आफू त्यसमाथि चढ्नुहोस् । यो स्थिति तपाईंको लय, गहिराई र प्रवेशको कोणमा पूर्ण नियन्त्रण गर्ने गर्छ । ताकि तपाईं आफ्नो जी स्पट खोज्नेतर्फ ध्यान दिन सक्नुहुन्छ ।

डगी स्टाइल पोज

यो पोज यौन सम्पर्कको दौरान गहिरो आनन्द प्राप्त गर्ने एउटा शानदार तरिका हो । यसमा आफ्नो जीस्पटलाई हिट गर्नको लागि यसको कोण बदल्नु पर्ने हुन्छ ।

जीस्पट स्थिति

जस्तो कि नामबाटै पनि पत्ता लाग्छ कि यो स्थिति तपाईंको यस्तो साथीको लागि हो, जसले एक झड्कामा नै तपाईंको जी स्पटलाई उत्तेजित पार्ने गर्छ । तपाईं आफ्नो पीठको बलले बस्नुहोस् र आफ्नो साथीलाई दुई खुट्टाको बीचबाट प्रवेश गर्न भन्नुहोस् । यो पनि चरम यौन आनन्द लिनको लागि उपयुक्त पोज हो ।

 
 
  
 

You may also like