रुपन्देहीमा आइतबार ९७ जनामा कोरोना सक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल । आइतबार रुपन्देहीमा ९७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।रुपन्देहीमा आइतबार ४१ जना महिला र ५६ जना पुरुष गरि ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आइतबार बुटवल उपमहानगरपालिकामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा २० जना, सिद्धार्थ नगरमा १२ जना, देवदहमा ६ जना, सैनामैनामा ४ जना मायादेवीमा ४ जना, सियारीमा ४ जना सुद्दोधनमा १ जना कंचनमा ५ जना र आमसतियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।रुपन्देहीमा आज थपिएसंगै कुल संक्रमितको संख्या ३६९२ पुगेको छ । जिल्लामा ३९ जना संक्रमितको मृत्यु भएको छ ।

 
 
  
 

You may also like