सुशील सुवेदी
म पर्बत जिल्ला , माहाशिला गाउँपालिका दुक्तानमा बस्छु ।यहि ठाउँमा जन्मे र हुर्के , जसले गर्दा निकै प्यारो लाग्छ मलाइ । भौगोलिक हिसाबले त सुन्दर छदै छ हावापानी को हिसाबले पनि स्वच्छ छ। गाउँमा हुर्केका धेरै जसो मानिस निरोगी हुने गर्छन् । यो सबै यहाको प्रकृतिको देन हो । समशितोष्ण हावापानि पाइन्छ न धेरै गर्मी न धेरै जाडो । धवलागिरि, अन्नपूर्ण , माछापुच्छ्रे जस्ता सुन्दर हिमालको मुस्कान सगै विहान हुन्छ । न धुलो , न धुवा , न कुनै चिजको ध्वनि ! वस प्राकृतिक सुन्दरताको परिदृश्य र सुमधुर आवाज । सिरिसिरि वतास सगै वरपिपलको फेदमा बस्नुको छुट्टै आन्नद छ , जुन कुनै विलासिताका वस्तुसग तुलना गर्न सकिदैन ।
गाउँमा नै उत्पादन भएका खाद्यान्न खानुको छुट्टै मज्जा छ । यहाँ उत्पादित भएका फलफूल र खाद्यान्नमा कुनै रासायनिक पर्दाथ प्रयोग हुदैन जसले स्वादिष्ट सगसगै शक्तिबर्दक हुन्छन । घरमा बनाएको सागको गुन्द्रुक र ढिडो खानुको छुट्टै मज्जा छ जुन पाच तारे होटलका खानासग पनि तुलना गर्न सकिँदैन । करिब आदि घण्टाको हिडाइपछि एउटा सुन्दर मन्दिर छ , सातमुले मन्दिर । करिव एक सय सात मुल छन जुन हिउँ हिस या बर्खा सधैं बगिरहन्छन । गाउँ नजिकै शिबको मन्दिर छ , जसको आफ्नै विशेषता छ ।यहाका सुन्दर पाहाड , मठ , मन्दिर , पोखरि हेरिराखौ जस्ता छन । हाम्रा ती पुर्खाको मुल्यांकन गर्ने हो भने साच्चै दुरदर्शि छन । यहाँ छुट्टै सस्कार र सस्कृती छ । ब्राह्मण र गुरुङ समुदायको बाहुल्यता भएको बस्ति छन । यो समुदाय निकै सहयोगी छ । जातीय रुपमा छुट्टाछुट्टै भएपनि आपसि भेदभावको भावना छैन । प्रत्येक हप्ताको एक दिन सबै गाउका एक ठाउँमा भेला भएर सालैजो, भजन गाएर रामाइलो गरिन्थ्यो । गाउका मानिस निकै सहयोगि भावनाका हुन्छन । घरहरू टाढा भएपनि मन भने टाढा हुदैन । एक जनालाइ दुख पर्यो भने सबै मिलेर सहयोग गर्ने गर्दछन । गाउँमा एकजनाकोमा बेग्लै परिकार पाक्यो भने गाउभरि बाडि चुडि खाने गरिनथ्यो ।
प्रकृतिले दिएको सुन्दर उपहार , अनि ती सस्कृतिक सम्पदा, अनि हामी बिचको एकआपसको सम्बन्ध सधैं एकै हुनुपर्ने तर समयको परिवर्तन सगैगाउँका धेरै कुरामा परिबर्तन आयो । विकासको हिसाबले त विधुत आयो , मटर रोड पिच पुन थालेको छ , गाउमा स्थानिय सरकार आयो तर गाउँमा मानिस बिचमा सहयोगि भावना , सस्कृतिक सम्पदा , सस्कृती , रहनसहन बिस्तारै लोप हुदैछ । एक अर्काबिच आर्थिक रुपले तुलना गर्न थालिएको छ । ती पुराना मठ, मन्दिर , चौतारि आदि जिर्ण अवस्थामा छन तर ती सम्पदाको संरक्षणमा कोहि लागेन । हाम्रो ठाउँमा प्रसिद्ध मानिने सालैजो , भजन अोजेलमा परेको छ किनकि यो नयाँ पुस्ताले लिन सकेन या नया पुस्ताले लिन चाहेनकि बुढापाकाले दिन सकेनन । विकासको क्रम सगसगै मानिसहरू पनि सुविधाभोगि हुन थाले , जसले बसाइँसराइ गर्ने क्रम बढ्यो । हजुरबुबाले भन्नुभएको थियो पहिले यहाँ तिन देखि चार सय घर थिय तर अहिले सय घर पनि छैनन् सायद शिक्षा , स्वास्थ को उचित व्यवस्था नभएर पनि होला । गाउँ छाडेका मानिसले गाउँ फर्केर त आएनन् तर गाउँको विकास पनि चाहेनन् । अब केही घरपरिवार छन जाहा बुडाबुडि मात्र छन । भएका केही युवा आयआर्जनको लागि विदेश जान थाले , बाको रहेका पढनको निम्ति बजार पसे , अब गाउँ सुनसान छ । ती थोत्रा घर बाकि छन । कोहि अचानक बिरामि भए बोेकेर लाने कोहि छैनन् ।
गाउँमा युवा त छदै छैनन् केही युवा कुलतमा फसेका छन । सामाजिक बिकृतिले जडो गाड्न लागेको छ। अहिलेको हाम्रो समाजमा सहयोग भन्दा पनि स्वार्थका पछि भाग्ने मान्छे बडु छन । युवाहरु आयाआर्जनको लागि विदेश जाने त्सपछि बजार सर्ने चलन बसिसकेको छ । यदि युवा विदेश सिकेको सीप र आर्जन गरेको धन यहि ठाउँमा लगानि गर्ने हो भने यहाका युवाले रोजगारि पनि पाउथे । गाउ विकासमा पनि टेवा पुग्थयो । हाम्रो सस्कार र सस्कृती हामी जोगाउनु पर्छ । सस्कृती रहे मात्र हामी बाच्नुको आर्थ छ । बिकास सगसगै हाम्रा सस्कृतिक सम्पदा लोप हुदैछन , जसको संरक्षण हामिले नै गर्ने हो । पहिले 1/2 घण्टा हिड्न कुनै समस्या थिएन अहिले घरघरमा मोटर रोड चाहिएको छ जसले पहिरोको ऊच्च जोखिममा परेको छ । पहिले वारि खेत सबैमा खाद्यान्न ,फलफूल हुन्थे घर नजिकैको बारि बाजो राखेर बजारबाट तरकारि किनेर खान्छौ ।
हाम्रो समाज स्वार्थको पछि भाग्दै छ, पक्कै पनि सहि छैन । एक अर्काको भलो गर्नु नै ठुलो धर्म हो । हामिले हाम्रा पुर्खाले खडा गरेका संरचनाको संरक्षण गर्नुपर्दछ । पुरान सस्कार सस्कृतीलाई लोप हुन हुन दुनुहुन्न , नयाँ पुस्ताले अनुसरण गर्न अत्यन्त जरुरी छ, सस्कृती रहे न त हामि रहेको सार हुनेछ। गाउलाई विस्थापित हुनदेखि जोगाउन हामी युवाको हातमा छ। यो सुन्दर गाउँ फेरि पनि पहिलेकै अवस्थामा आऊनेछ जसमा मैले पनि आफुले सकेजति प्रयास गर्नेछु , सबैले साथ दिनहुनेछ आशा छ ।