भारतमा थप ७५ हजारमा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ४७९ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३८ हजार ८६९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like