पश्चिम पर्रोहा माध्यमिक बिद्यालयलाइ जग्गा उपलब्ध गराइने

by समतल अनलाइन
प्रदिप ज्ञवालि
सैनामैना । पश्चिम पर्रोहा माध्यमिक बिद्यालयलाई जग्गा उपलब्ध गराइने भएको छ । आज बसेको वडा भेलाले बिद्यालयबाट केही पर कोटिया देबि मन्दिरको सार्वजनिक जग्गाको केही भाग दिने निर्णय गरेको हो । सैनामैना नगरपालिका वडा नं पाचको बक्सडमा रहेको सो बिद्यालयमा अहिले जग्गा अभाव कै कारण धेरै समस्या आएका छन । उक्त बिद्यालय अहिले कक्षा दशसम्म सञ्चालनमा रहेको छ । बिद्यालयमा बिद्यार्थीहरुको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा सैनामैना नगरपालिका इन्चार्ज खुसिराम चाैधरीले बिद्यालय र बिद्यार्थीको सर्वाङगिण बिकासका र गुणस्तरीय शिक्षाका लागि भाैतिक संरचना , सामग्री , पर्याप्त खेल मैदान लगायत धेरै धेरै कुरा चाहिने हुदा यस बिद्यालयको वरपर नजिकमा रहेको जग्गालाई सर्वसहमतिको आधारमा सदुपयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो । बिद्यालयमा कक्षाकोठाको अभाव रहेको र जग्गा कमिको कारण भाैतिक निर्माणका कामहरु गर्न नपाइएको शिक्षक तथा व्यवस्थापन समितिले बताएको छ ।
सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीले जनसंख्या बढदै गइरहदा बिद्यार्थी चाप बढदै जान्छ तेसैले दिगो रुपमा सोचाै । त्यसका निम्ति बिद्यालयका लागि आवश्यक जग्गाको खोजि गरिनु पर्ने कुरा मेयर कार्किले केहि दिन पहिले बिद्यालयमा आइ बताउनु भएको थियो । आजको वडा भेलाले कोटियादेबि मन्दिरको जग्गाको केही अंश दिने निर्णय गरेको हो ।
वडा भेलामा वडा अध्यक्ष्य परसुराम सापकोटाको अध्यक्षता , नेकपा सैनामैनाका नगर इन्चार्ज खुशिराम चाैधरीको प्रमुख आतिथ्यता , सर्वराजनीतिक दल , शिक्षक , बिद्यालय सञ्चालन समिति , वडाका बुद्धिजीवी आदिको उपस्थिति रहेको वडाका युवा अगुवा राजेन्द्र धिमिरेले जानकारी दिनुभयो ।
 
 
  
 

You may also like