नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा सर्लाहीकी ७२ बर्षिय, काठमाडौँकी ५७ बर्षिय र बाँकेकी ७६ बर्षिय महिला रहेकी छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा मोरङका ६८ बर्षिय, महोत्तरीका ५८ बर्षिय, काठमाडौँका २ जना ६० र ७० बर्षिय, चितवनका ५५ बर्षिय र बाँकेका २ जना ५३ र ३९ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like