थप १५ सय १३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ७६ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय १३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५५ हजार ३७१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२.६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८९१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ९ हजार २९८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५ हजार ७७८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १० हजार ९२९ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २१३ जना रहेका छन् ।

 
 
  
 

You may also like