भारतमा कोरोना संक्रमितको संख्या ६० लाख बढी, मृत्यु हुनेको संख्या ९५ हजार

by समतल अनलाइन

नयाँ दिल्ली । विश्वमा दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको जनाइएको छ ।

पछिल्लो समय भारतमा दैनिक हजारौंको संख्यामा संक्रमितहरू थपिएका छन् । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन् ।

 
 
  
 

You may also like