थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ४ जनाको ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

बितेको २४ घण्टामा १ हजार ३५१ संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

 
 
  
 

You may also like