नेपालमा थप १३ सय ५१ जनामा कोरोना पुष्टि, कुल संक्रमित ७४ हजार

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १३ सय ५१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५४ हजार ६४० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३.१ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ९८ हजार ४०७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६ हजार ३१० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १० हजार ९२९ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३१ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२५ जना रहेका छन् ।

 
 
  
 

You may also like