अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ ।सोमबार थप ३३ हजार ३४३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५० हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ५० हजार ५१० जनामध्ये १४ हजार २० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४ हजार नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार थप २९४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ४ हजार ११८ पुगेको हो ।

 
 
  
 

You may also like