आमासहित दुई छोरी माछापोखरीमा मृत्त फेला

by समतल अनलाइन

विराटनगर । मोरङका ग्रामथानमा आमासहित दुई दुई छोरी माछापोखरीमा मृत्त भेटिएका छन् ।मृत्यु हुनेमा ग्रामथान–४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ वर्षीया छोरीहरु रहेको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् ।

आइतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र शव फेला परेको ढकालले जानकारी दिएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

 
 
  
 

You may also like