पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

नवलपुर। पूर्वी नवलपरासी जिल्लामा शुक्रबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।पूर्वी नवलपरासी देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भइ अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, स्वास्थ्य निर्देशनालय पोखराको रिपोर्टअनुसार शुक्रबार बिहान पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका मात्रै १५ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २९१ पुगेको छ ।

शुक्रबार नै पूर्वी नवलपरासीको देवचुलीस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका मध्ये ५६ जनालाई एकैसाथ डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।

 
 
  
 

You may also like